नेपालको प्रख्यात सिमेन्ट उत्पादक अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक पब्लिक अफर (आईपीओ) सार्वजनिक गर्न देशकै अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग सहकार्य गर्दैछ ।
अर्घाखाँची सिमेन्टका प्रमुख वित्तिय अधिकृत राजु पौडेलले आगामी आईपीओको बारेमा उत्साह व्यक्त गर्दै एनएमबि क्यापिटलसँग आफ्नो विश्वासनीय सल्लाहकार साझेदारको रुपमा रहेको सहकार्यलाई प्रकाश पारे ।
उनले एनएमबी क्यापिटलको अनुभव र अन्तरदृष्टिले उनीहरूको आईपीओ यात्रामा मूल्य ल्याउने कुरामा जोड दिँदै सरोकारवालाहरूलाई मूल्य प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरे।
एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले अर्घाखाँची सिमेन्टसँगको साझेदारीले व्यावसायिक रूपमा व्यवस्थित र विविध कम्पनीहरू प्रस्तुत गरी नेपालको पूँजी बजारमा वृद्धि गर्न एनएमबी क्यापिटलको समर्पणलाई प्रतिबिम्बित गरेको बताए। उनले अर्घाखाँची सिमेन्टलाई लक्ष्य हासिल गर्न सहयोग गर्ने इच्छा व्यक्त गरे ।

